नियम २२
धितोपत्र सूचीकरण गराउन निवेदन दिनु पर्नेर्
(१) ऐनको दफा ८ बमोजिम संगठित संस्थाले धितोपत्र बजारमा धितोपत्र सूचीकरण गराउन शेयर सूचीकरणको निमित्त अनुसूची–८ को फाराम नं. १ बमोजिमको ढाँचामा र डिवेन्चर, बण्ड, एकांक वा अन्य धितोपत्र सूचीकरण गराउन अनुसूची–८ को फाराम नं. २ बमोजिमको ढाँचामा अनुसूची–९ बमोजिमको सूचीकरण शुल्क सहित निवेदन दिनु पर्नेछ ।
(२) धितोपत्र सूचीकरणका लागि निवेदन साथ संलग्न गर्नुपर्ने अन्य विवरण तथा कागजातहरू सम्बन्धित धितोपत्र बजारको विनियमावलीमा तोकिएबमोजिम हुनेछ ।